घाइतेहरुको उपचारबारे सिंहदरबारमा छलफल
गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा भदौ २३ को प्रदर्शन र २४ गतेको जेन जी ध्वसंसमा घाइतेहरुको उपचारबारे विभिन्न कोणबाट चर्चा गरिएको छ । बिहान सवा १० बजेदेखि गृह मन्त्रालयमा भएको छलफलमा झण्डै एक दर्जनको उपस्थिति रहेको बताइन्छ ।
हिजो बेलुकी सवा ८ बजेदेखि आफूहरुको उपचारबारे मन्त्रीसँग केही घाइतेले छलफल गरेका थिए । आज बिहानको छलफलमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलगायतको उपस्थिति थियो ।
टिप्पणीहरू