एमाले सचिवालय बैठक गुण्डुमा

एमाले सचिवालय बैठक गुण्डुमा

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् । बैठक भोलि दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको भाडाको निवासमा बस्ने बताइएको छ ।

गत भदौ २४ गतेको जेनजी विध्वंसमा पार्टी कार्यालय, अध्यक्ष ओलीलगायतका नेताहरुको घर आगजनी र तोडफोड गरिएको थियो ।

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बालुवाटारमा सेनाको हेलिकोप्टरमा उडेका ओली गत सातादेखि गुण्डुमा लिइएको भाडाको घरमा बस्दै आएका छन् ।

टिप्पणीहरू