चुनावी सरकारका मन्त्रीहरु भारत र अमेरिका यात्रामा

चुनावी सरकारका मन्त्रीहरु भारत र अमेरिका यात्रामा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ भारत जाने कार्यक्रम छ । उनी आगामी कात्तिक १० देखि १३ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा सहभागी हुने बताइएको छ । 

जेन जीको प्रदर्शन र ध्वंसपछि गठन भएको अन्तरिम सरकारको क्याबिनेटले मन्त्रीको विदेश भ्रमण सम्बन्धमा गरेको यो दोस्रो निर्णय हो । अघिल्लो बैठकले अर्थमन्त्री रामेश्वर खनालको अमेरिका भ्रमण स्वीकृत गरेको थियो । खनालसँग अर्थ सचिव र एक सुरक्षाकर्मी पनि न्युयोर्क जाँदैछन् । 

सुशीला कार्की नेतृत्वको सरकारको पहिलो क्याबिनेटले सरकार प्रमुखको हकमा १० सदस्यीय प्रतिनिधिमण्डल र मन्त्री वा उच्च सरकारी पदाधिकारीको हकमा तीन सदस्यीय प्रतिनिधिमण्डल मात्रै विदेश भ्रमणमा जान पाउने कार्यविधि बनाएको छ । 

ऊर्जामन्त्री घिसिङसँगै जाने अरु दुईजना बारे केही बताइएको छैन ।

टिप्पणीहरू