तलेजु भवानी दर्शन गर्न भक्तजनको घुइँचो

तलेजु भवानी दर्शन गर्न भक्तजनको घुइँचो

वर्षमा एकपटक मात्रै खुल्ने तलेजु भवानीको मन्दिर आज भक्तजनका लागि खुला गरिएको छ । आश्विन शुक्ल नवमी अर्थात् महानवमीको दिन विशेष पूजाआजा एवं दर्शनका लागि हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिर खुल्छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेलका अनुसार भक्तजनलाई दर्शन गराउने सम्पूर्ण तयारी हिजै पूरा गरिएको हो । तलेजु भवानीलाई  फूलपातीका दिन मूलचोकमा ल्याइएको थियो र भोलि विजयादशमीका दिन बिहान मात्र पुनः मूल मन्दिरमा फर्काइन्छ । बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

यसैबीच, महाअष्टमीको राति मूलचोकमै कालरात्रि पूजा गरी ५४ राँगा र ५४ बोका बलि दिइएको छ । राज्य सञ्चालनका निम्ति शक्ति प्राप्त होस् भन्ने संकल्पसहित तान्त्रिक विधिले कालरात्रि पूजाआजा गर्ने चलन निरन्तर रहँदै आएको छ ।

टिप्पणीहरू