रातु नदीको तटबन्ध भत्कियो, जलेश्वर उच्च जोखिममा
लगातारको वर्षापछि महोत्तरीको जलेश्वर नगरपालिकास्थित रातु नदीमा आएको बाढीले तटबन्ध भत्काएको छ ।
बाढीले तटबन्ध भत्काएसँगै जलेश्वर बजार क्षेत्र जोखिममा परेकाले स्थानीय सुरक्षाकर्मी तथा प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनका अनुसार जलेश्वर डुबानमा पर्नसक्ने जोखिम छ । साथै, बाढीले बिजुलीका पोलसमेत बगाएकोले विद्युत अवरुद्ध बनेको छ ।
सम्भावित जोखिम न्यूनीकरणका निम्ति सुरक्षाकर्मी परिचालन गरिएपनि सतर्कता अपनाउन प्रशासनको अनुरोध छ । दुई दिनदेखिको मुसलधारे वर्षाका कारण रातु नदीमा जलसतह बढिरहेको छ ।
टिप्पणीहरू