टिकटक बनाउन खाेलामा हेलिएका एकजना फेला, अर्का वेपत्ता
टिकटक बनाउन खोलामा हामफालेका एक व्यक्ति वेपत्ता भएका छन् । बाराको प्रसौनी गाउँपालिका-२ बस्ने २१ वर्षीय बिक्की गोसाई खोलामा डुबेर हराएका हुन् ।
बताइएअनुसार बिक्की र अनुराग केशरवानी हिजो साढे ९ बजे टिकटक भिडिओ बनाउनको लागि दूधौली खोलामा फालहालेका थिए । तर, अनुराग पौडिएर खोलाबाट निस्के पनि बिक्की भने अहिलेसम्म वेपत्ता रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालले उनको खोजी गरिरहेको बताइएको छ ।
टिप्पणीहरू