पर्सिको तयारीमा रहेका कर्मचारी भोलि नै हाजिर
दशैंको लामो बिदापछि आज खुल्नुपर्ने सरकारी कार्यालयहरुले भोलिदेखि मात्रै सेवा सुचारु गर्ने भएका छन् । कात्तिक १७ गते रातिदेखिको अविरल वर्षाका कारण गृह मन्त्रालयले हिजो गरेको निर्णयमा आज र भोलि दुई दिन सार्वजनिक बिदा थपेकोमा मौसममा सुधार हुँदै गएपछि भोलिदेखि सेवा सञ्चालन गर्न लागिएको हो ।
गृहले आज दिउँसो सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विपद् जोखिम तथा प्रतिकार्यमा नरहेका सरकारी कार्यालयहरुलाई भोलिदेखि सेवा सुचारु गर्न निर्देशन दिएको छ । सोहीबमोजिम विभिन्न जिल्ला प्रशासनले सूचना जारी गरेर सेवा सुचारुबारे जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, नुवाकोट, कैलाली, ललितपुरले भोलिदेखि जिल्लास्थित सबै सरकारी कार्यालय सञ्चालनमा ल्याउने जनाएको छ ।
‘गृह मन्त्रालयको च.नं.३८० मिति २०८२ मिति २०८२–०६–१९ गतेको पत्रबाट विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुले सार्वजनिक सेवा सुचारु गर्नु–गराउनुहुन भनि लेखिआएकोले मिति २०८० साल असोज २० गतेदेखि यस कार्यालयबाट सार्वजनिक सेवाहरु सुचारु हुने...’,सूचनामा भनिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भोलिदेखि कार्यालय खुल्ने जानकारी दिए । जनआस्थासँगको कुराकानीमा भने,‘भोलिदेखि सम्पूर्ण सेवा सुचारु हुन्छ ।’

टिप्पणीहरू