प्राकृतिक प्रकोपबाट प्रभावित यात्रुलाई हिमालयको निःशुल्क सुविधा
हिमालय एअरलायन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुलाई एक पटकका लागि यात्रा मिति परिवर्तन गर्ने सुविधा दिएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गन्तव्यतर्फ जान नसकेका यात्रुलाई एअरलायन्सले उक्त व्यवस्था गरिएको जानकारी दिएको छ ।
एअरलायन्सका अनुसार अक्टोबर ४ देखि अक्टोबर ७ सम्म यात्रा गर्नुपर्ने टिकट लिएका यात्रुहरूले अतिरिक्त निःशुल्क अक्टोबर २५ सम्म पुरानै टिकटमा नयाँ यात्रा मिति तोक्नसक्ने छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडानमा यो सुविधा लागू भएको जानकारी दिइएको छ ।
त्यसका लागि एअरलायन्सका बिक्री कार्यालयहरूले यात्रुलाई ईमेलमार्फत छुट कोड प्रदान गर्नेछ

टिप्पणीहरू