मनमौजी भ्रष्टाचारीलाई ठेगान लगाउन ज्योतिको आग्रह

मनमौजी भ्रष्टाचारीलाई ठेगान लगाउन ज्योतिको आग्रह

जेनजी प्रदर्शनपछि विभिन्न दलका शीर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने चर्को आवाज उठिरहेको बेला मनोरञ्जन वृत्तमा पनि प्रभाव देखिन थालेको छ । लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरले कलाकारको सम्पत्ति छानबिनको माग गरेकी हुन् ।

कतिपय कलाकारले जनचेतनामूलक भिडियोको लागि भन्दै सरकारी कोषबाट करोडौँ रकम लिएको तर कमसल भिडियो बनाइदिएर ठगी गरेको उनको दावी छ । ‘नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमको लागि करोडौँ बजेट लिएर यसो दुई चार लाखको फिस्स भिडियो बनाएर बाँकी रकम सबै कुम्ल्याएर आफ्नो ठूला ठूला प्राइभेट कम्पनी खोल्ने आदरणीय कलाकार महानुभावहरको सम्पत्ति शुद्धीकरण हुन्छ होला कि हुँदैन ?’, ज्योतीले भनेकी छन्, ‘उहाँहरुलाई भ्रष्टाचारी भन्न मिल्छ होला कि मिल्दैन होला ?’

त्यसो त, यसअघि पनि मनोरञ्जन वृत्तमा कतिपय कलाकारले सरकारी कोषबाट बजेट लिएर स्तरहीन भिडियो तथा डकुमेन्ट्री बनाइदिएको चर्चा चलेको थियो । आरोपित कतिपय कलाकारले अहिले ठूलो पर्दाको चलचित्र बनाउने निर्माण कम्पनी खोलेको देखिन्छ । कलाकारको पारिश्रमिकसम्बन्धी ठोस नीति नहुँदा सरकारी बजेटमा मनमौजी गर्ने कलाकारहरुले उन्मुक्ति पाउँदै आएको चलचित्र समीक्षकहरुको विश्लेषण छ ।

टिप्पणीहरू