पेरिसडाँडामा जनार्दनको खोजी

पेरिसडाँडामा जनार्दनको खोजी

नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक पेरिसडाँडास्थित मुख्यालयमा जारी छ । केन्द्रीय कमिटी भंग भएसँगै विशेष महाधिवेशन आयोजक समितिको सचिवालयमा रुपन्तारण भएपछि पहिलो बैठक बसेको हो । 

बैठकमा समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, नन्दकिशोर पुन, अग्नि सापकोटा, पम्पा भुसाल, वर्षमान पुन अनन्तसहित सचिवालयका अधिंकांश नेता सहभागी छन् । निवर्तमान उपमहासचिव जनार्दन शर्मा भने बैठकमा देखिएका छैनन् । 

उनी गृह जिल्ला रुकुम पुगेको अनुमान गरिएको छ । यसबारे बुझ्न खोज्दा उनको मोबाइल स्वीच अफ छ ।

टिप्पणीहरू