ओलीलाई पक्राउ गर्न खोजिदैँ आधार, सुदन पुगे बालुवाटार

ओलीलाई पक्राउ गर्न खोजिदैँ आधार, सुदन पुगे बालुवाटार फाइल फाेटाे

'हामी नेपाल' नामक एनजिओका संस्थापक सुदन गुरुङ र जेन-जी अभियन्ता ओजस्वी थापाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् । प्रधानमन्त्री भेट्न उनीहरु आज बिहानै बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुले करिब सवा एक घण्टा गोप्य छलफल गरेको बताइएको छ । सवा १० बजे बालुवाटार पुगेका गुरुङ र थापा साढे ११ बजे त्यहाँबाट निस्किएका थिए ।  

जेन-जी समूहले हिजोदेखि भदौ २३ र २४ गतेको प्रदर्शमा गोली चलाउन आदेश दिएको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सरकारलाई दबाब दिँदै 'एरेस्ट केपी ओली' अभियान चलाएको छ । गुरुङसहितका युवाहरु हिजो साँझ ओली र लेखकविरुद्ध जाहेरी लिएर काठमाडौँ प्रहरी परिसरसमेत पुगेका थिए । 

तर, प्रहरीले निवेदन दर्ता गर्न नमानेपछि चिढिएका उनलाई खुसि तुल्याउन बालुवाटारबाट बोलावट भएको बताइन्छ । आजको छलफलमा पनि गुरुङले ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेको जानकार स्रोत बताउँछ । 

प्रधानमन्त्री सुशीला कार्कीले हिजो गृहमन्त्री ओमप्रकाश अर्यालसहित तीनवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर यसबारे छलफल गरेकी थिइन् । त्यसक्रममा 'ओलीलाई पक्राउ गर्न मिल्ने कानुनी आधार खोज्ने' बारे कुरा चलेको स्रोतको दावी छ ।

टिप्पणीहरू