‘टास्क’ को नाममा ठगी, प्रलोभनमा नपर्न अनुरोध

‘टास्क’ को नाममा ठगी, प्रलोभनमा नपर्न अनुरोध

घरमै बसीबसी लाखौँ कमाउन सकिने आश्वासन दिएर ठगी गर्नेक्रम बढेपछि प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रहरीको साइबर ब्यूरोले सूचना जारी गर्दै यस्ता किसिमका कुनै प्रलोभन र भ्रममा नपर्न सर्वसाधारणलाई सचेत गराएको हो । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा चर्चित इकमर्स प्लेटफर्महरूको दुरुपयोग गरी प्रयोगकर्तालाई लगानी गर्न उक्साएर ठगी गर्ने प्रवृत्ति बढिरहेको छ । 

यस सम्बन्धमा सूचना जारी गर्दै ब्यूरोले भनेको छ, ‘सामाजिक सञ्जाल फेसबुकका स्पोन्सर्ड विज्ञापनमार्फत विभिन्न चर्चित ईकमर्स प्लेटफर्महरुको समेत नाम प्रयोग गरी टास्कका नाममा बारम्बार रकम लगानी गर्न लगाई, घरै बसीबसी कमाउन सकिने झुठो आश्वासन दिलाई ठगी गर्ने प्रवृत्ति बढ्दो हुँदा प्रयोगकर्ताहरुलाई यस्ता प्रलोभनमा नपर्नहुन अनुरोध गरिन्छ ।’

टिप्पणीहरू