पाटनमा रंगीन उल्लास : मूलचोकमा थेचो नवदुर्गा नाच (फोटोफिचर)
नेवार समुदायको प्राचीन तथा पवित्र सांस्कृतिक परम्परामध्ये एक 'थेचो नवदुर्गा नाच' आज पाटन दरबार क्षेत्रको ऐतिहासिक मूलचोकमा प्रदर्शन गरिएको छ ।
थेचोस्थित देवीको घरबाट शुरु भएको धार्मिक यात्रामा देवगणका रूपमा मुखुण्डो र परम्परागत पोसाकमा सजिएका भक्तजनहरूको उल्लेखनीय सहभागिता थियो । उनीहरू मुख्य देवी (मु द्यः) सहितका मुखुण्डो, पोसाक, गहना र खर्पन बोकेर मूलचोक पुगेका थिए ।
सांस्कृतिक परम्परा, देवीपूजा र नृत्यको संगम बनेको यस नाचले पाटन दरबार क्षेत्रलाई आज रंगीन र भक्तिमय बनाएको थियो । स्थानीयहरूका अनुसार यो नाच वर्षेनी देवीको शक्तिपूजा तथा सामुदायिक एकताको प्रतीकका रूपमा मनाइन्छ ।
तस्बिरहरु














टिप्पणीहरू