जाजरकोटका गम्भीर घाइतेको हेलिकोप्टरमा उद्धार

जाजरकोटका गम्भीर घाइतेको हेलिकोप्टरमा उद्धार

जाजरकोटमा काठ चिर्ने क्रममा गम्भीर घाइते भएका एक पुरुषलाई नेपाली सेनाले हेलिकोप्टरमा अस्पताल पुर्याइएको छ । 

भेरी नगरपालिका–१, का ५८ वर्षीय ती पुरुषलाई उपचारका निम्ति सैनिक हेलिकोप्टरले कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगेको हो ।  आराले काठ चिर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए । 

प्राथमिक उपचारपछि उनलाई थप उपचारका निम्ति प्रदेश अस्पताल पुर्याइएको हो ।

टिप्पणीहरू