प्रहरी चौकीमा ढुङ्गामुढा, दाँत भाँचिएका प्रहरी अस्पतालमा

प्रहरी चौकीमा ढुङ्गामुढा, दाँत भाँचिएका प्रहरी अस्पतालमा सांकेतिक तस्विर

दुर्गा पूजाका लागि उठाइएको चन्दाको विषयमा भएको विवाद र झगडा छुट्टाउन पुगेका एक जना प्रहरी घाइते भएका छन् । गत शुक्रबार साँझ सर्लाहीको गोडैता नगरपालिका ७ मा भएको झगडामा संलग्न दुबै पक्षलाई प्रहरी कार्यालयमा बोलाएर छलफल गर्ने क्रममा हानिएको ढुंगाबाट प्रहरी नायव निरीक्षक अवधेश प्रसाद यादवको दाँत भाँचिएको बताइएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका ५ बस्ने ३५ वर्षे ठेकेदार अनिल यादव र गोडैता नगरपालिका ६ बस्ने कारिल यादवबीच दुर्गा पूजाको चन्दाको विषयमा विवाद बढ्दै ग गएपछि झगडा भएको थियो । झगडामा कारिल यादव घाइते भएकोले उपचारार्थ प्रादेशिक अस्पताल मलंगवा तर्फ पठाइएको र सोही विषयलाई लिएर अनिल समेत दुवै पक्षलाई छलफलको लागि प्रहरी चौकी गोडैतामा बोलाइएको थियो ।

सोही समयमा कारिल पक्षका ७ नम्बर वडाअध्यक्ष छोटेलाल भन्ने विनेश दास र निजको भाई समेतले स्थानीयलाई साथमा लिएर चौकीभित्र प्रवेश गरी अन्धाधुन्ध ढुङ्गामुढा प्रहार गरेको प्रहरीको भनाइ छ । त्यसबेला चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक अवधेश प्रसाद यादवको मुखमा चोट लागेर २ वटा दाँत भाँचिएको हो  । 

ढुंगामुढाबाट कार्यालयको प्र.२–००१ प ०८७२ नम्बरको मोटरसाइकलमा क्षति पुगेपछि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक उज्जवल कार्की कमाण्डमा टोली खटिएको थियो । सोही टोलीले घाइते यादवलाई उपचारार्थ मलंगवा पुर्याएको हो ।

टिप्पणीहरू