केरुङ–रसुवागढी नाकामा बेली ब्रिज
गत असारको आएको बाढीले पक्की पुल बगाएपछि नेपाल र चीनको रसुवागढी नाकामा बेली ब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको तस्बिरमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको देखिन्छ ।
बाढीले पक्की पुल भत्काएपछि दुई मुलुकबीचको आवतजावत र व्यापार ठप्प भएको छ । बाढीलगत्तै चीनले नेपाल सरकारलाई पुल निर्माणको प्रतिबद्धता दिएको थियो ।
नेपाल–चीन सीमामा तिब्बतबाट बग्दै आउने ल्हेन्देखोलामा अकस्मात्को बाढी आउँदा पुलसहित स्याफ्रुबेँसी–रसुवागढी खण्डका विभिन्न ठाउँका सडक, जलविद्युत आयोजना, अन्य भौतिक पूर्वाधारहरु क्षतिग्रस्त भएको थियो ।
टिप्पणीहरू