प्रधानमन्त्री कार्यालयमा विदेशी कूटनीतिज्ञहरु

प्रधानमन्त्री कार्यालयमा विदेशी कूटनीतिज्ञहरु

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँग भेटवार्ताको लागि राजदूत तोरु दिउँसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । झण्डै एक घण्टा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री कार्कीसँगै आज दिउँसो सवा ३ बजेपछि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक सुश्री भ्यालेरी जुलियानले भेटघाट गरेकी छन् । उक्त भेटमा पनि नेपालका विकास साझेदारहरूसँगको सहकार्य, शान्ति प्रक्रियाको अवस्था र आगामी निर्वाचन तयारीबारे कुराकानी भएको जनाइएको छ ।

टिप्पणीहरू