सुर्खेत अदालतको सेवा सुचारु

सुर्खेत अदालतको सेवा सुचारु

सुर्खेत जिल्ला अदालतले सम्पूर्ण सेवा सुचारु गरेको छ । भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशले अदालतमा क्षति पुर्याएपछि अवरुद्ध सेवा आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । 

आज दिउँसो बार, बेञ्च र सरकारी वकिलसँगको छलफलपछि सेवा सुचारु गर्ने निर्णय गरिएको अदालतका श्रेस्तेदार हरिगोपाल ज्ञवालीले बताए । निर्णयबमोजिम आज दिउँसोबाटै सम्पूर्ण सेवा सुचारु गरिएको उनले जानकारी दिए । 

‘मिति २०८२–०६–२२ मा बार, बेञ्च र सरकारी वकिलसमेतको बैठक बसी यसभन्दा अगाडि यस अदालतबाट प्रवाह हुने सेवा संकुचन गर्ने गरिएकोमा मिति २०८२–०६–२२ गतेबाट लागु हुनेगरी यस अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु सुचारु गर्ने निर्णय भएको...’,सूचनामा उल्लेख छ ।

टिप्पणीहरू