पासपोर्ट रोकिएका पूर्व गुप्तचर प्रमुख सौराहामा
जिउमा बर्दी न हातमा बन्दुक-जेनजी प्रदर्शनलाई दमन गरेको हावादारी आरोप लागेर राहदानी रोक्का र छानबिन आयोगको निगरानीमा रहेका पूर्व गुप्तचर प्रमुख हुतराज थापा चितवन पुगेका छन् । सौराहास्थित पाँचतारे होटल ‘रोयल टुलिप’मा उनको मुकाम छ ।
रवि लामिछानेको चितवनस्थित सम्पर्क सचिवालय स्रोतका अनुसार थापा आज साँझ दुई वटा सवारी साधनसहित होटल पुगेका छन् । दशैं मनाउन रोल्पा पुगेका थापा उतैबाट चितवन आएको सोही श्रोतले बतायो ।
यसपालिको खर्च चितवनस्थित राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयबाट व्यहोरिँदै छ । त्यहाँका अनुसन्धान प्रमुख उप–अनुसन्धान निर्देशक (एसपी) सुरेश तिवारीले थापाका लागि दुई वटा कोठा बुक गरेको बुझिएको छ ।
थापासँग महिलाहरुको टोलीसमेत रहेको छ । जसमध्ये उनको भक्तपुरस्थित निजी निवासमा ‘गृह व्यवस्थापन सहयोगी’ का रूपमा कार्यरत महिला पनि छिन् । विभागीय प्रावधानअनुसार २५ जनासम्म छड्के नियुक्ति गर्न सकिने सुविधा प्रयोग गर्दै थापाले केहीलाई व्यक्तिगत कामका लागि खटाएको चर्चा विभागमा पहिलेदेखि चल्ने गरेको छ ।
त्यसबाहेक,थापासङ्ग उनका सहगोत्रीय अनुसन्धान सहायक प्रदीप थापा पनि छन् ।
भक्तपुर ससुराली भएका उनीमाथि जेन जी आन्दोलनको क्रममा ‘राज्य शक्तिको दुरुपयोग र दमन’ गरेको आरोपमा ससुराली जिल्ला भक्तपुरको गुण्डुकै गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले अनुसन्धान गरिरहेको छ।
टिप्पणीहरू