गुम्बामा ध्यान गरेर फर्किँदा बाटोमा फसेका विदेशी पर्यटकको उद्धार
दोलखाको लप्ची गुम्बामा ध्यान गरेर फर्किने क्रममा बाटोमा अलपत्र परेका चार विदेशी नागरिकको उद्धार गरिएको छ ।
बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान गरेर फर्किने क्रममा बाटोमा पहिरो खसेपछि फसेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।
प्रहरीका अनुसार उद्धार गरिएकामा दुई जना रसियन र दुई जना स्वीजरल्याण्डका नागरिक हुन् । उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौं फर्कने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो खसेपछि अलपत्र परेका थिए ।
टिप्पणीहरू