फेरि समातिए राप्रपा नेता

फेरि समातिए राप्रपा नेता

आफूलाई जेन जी अभियन्ता बनाउँदै आएका राप्रपा नेता रवी किरण हमाल पक्राउ परेका छन् । उनलाई आज सुकेधाराबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हमाल यसअघि जेन जी प्रदर्शनको क्रममा घुसपैठ गरेको आरोपमा भदौ २४ गते साँझ बूढानीलकण्ठबाट समातिएका थिए । त्यतिबेला एक दिन हिरासत बसेर छुटेका हुन् । 

कुनै बेला नेकपा एमाले निकट मानिएका हमाल पछिल्लो समय राप्रपाको केन्द्रीय सदस्य बनेका हुन् । उनको पछिल्लो पक्राउबारे विस्तृत रुपमा बताइएको छैन ।

टिप्पणीहरू