एक महिनापछि राजनीतिक सम्वाद
फाइल फाेटाे
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई दिउँसो ४ बजे सर्वदलीय बैठकमा आमन्त्रण गर्नुभएको छ । उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ ।
राष्ट्रपतिले चुनावको राजनीतिक वातावरण तय गर्न सरकारलाई यसअघि सुझाव दिएपछि हिजो प्रधानमन्त्री कार्कीले त्यसबारे राष्ट्रपतिलाई ब्रिफिङ गर्नुभएको थियो ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । गत भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंशपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो । त्यसपछि आजसम्म राजनीतिक दलहरुसँग सरकारले कुनै सम्वाद गरेको छैन ।
टिप्पणीहरू