शीतल निवास छिर्न नपाएपछि बाहिरै बबाल
राष्ट्रपति रामचन्द्र पौडेलसँग आजको छलफलमा सहभागी हुन नपाएका जेन जी युवाहरुले शीतल निवास बाहिर विरोध प्रदर्शन गरेका छन् । सुधन गुरुङको टोली मात्र शीतल निवासभित्र प्रवेश गरेको भन्दै अरुले चर्को नाराबाजी गरेका हुन् ।
उनीहरुले आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरेका छन् । प्रहरीले सम्झाउँदा पनि शीतल निवास बाहिरका जेन जीहरु उफ्रिरहेका छन् । केहीले सुधन गुरुङहरुको विरोधमा नारासमेत लगाएका छन् ।
टिप्पणीहरू