कत्ति अर्काको मुख ताक्नु !
बिपी राजमार्गअन्तर्गत भिमान–बर्दिबास खण्डमा पर्ने चोरमारा खोलामा लामो समयदेखि भत्किएको सडक स्थानीय युवाहरूले पुनर्निर्माण गरेका छन्। भिमान निवासी युवा समूहले स्वतस्फूर्त रूपमा सहयोग संकलन गरी श्रमदानमार्फत ढलान सम्पन्न गरेका हुन् । उक्त खण्डमा सडक भत्किँदै रडहरू बाहिर निस्कँदा दुर्घटनाको जोखिम बढेको थियो ।
युवाहरूले पटक–पटक सडक पुनर्निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै चासो देखाइएको थिएन । युवाहरूको पहलमा १२,७९६ रुपैयाँ र २१ बोरा सिमेन्ट संकलन भएकोमा ४,७४७ रुपैयाँ र ७ बोरा सिमेन्ट बचत भएको छ । सडक पुनर्निर्माण कार्यमा युवाहरूले श्रमदान गरेका थिए।
बचत भएको रकम र सिमेन्ट आवश्यकताअनुसार अन्य स्थानमा प्रयोग गरिने बताइएको छ ।
टिप्पणीहरू