नारायणीमा हामफालेकी वृद्धाको अस्पतालमा प्राणान्त

नारायणीमा हामफालेकी वृद्धाको अस्पतालमा प्राणान्त

नारायणी नदीमा हामफालेकी एक वृद्धाको मृत्यु भएको छ। हिजो मध्यान्हतिर चितवनको भरतपुर–१ स्थित नारायणी किनारबाट करिब ६० देखि ६५ वर्षकी महिला नदीमा हामफालेकी थिइन्।

वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् व्यवस्थापन टोली पुगेर महिलालाई बेहोस अवस्थामा उद्धार गरी भरतपुर अस्पताल पुर्याएको थियो।

तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू