भाग्य परीक्षाको नाममा ठगी

भाग्य परीक्षाको नाममा ठगी

भाग्य परीक्षाको नाममा ठगी मौलाएपछि काठमाडौं प्रहरीले सचेत गराएको छ । जिल्ला प्रहरी परिसरले सर्वसाधारणलाई त्यसबारे सतर्क गराएको छ । 

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेज बनाएर फेसबुक लाइभमार्फत भाग्य परीक्षा, लोटरी खेलाउने धन्दा हुन थालेको पाइएको छ । 

‘रकम पठाउन लगाउने, कार्ड स्क्रयाच गरेको देखाउँदै ठगी गर्ने गरेको पाइएकोले त्यस्ता झुठा प्रलोभनमा नपर्न र ठगी हुनबाट बच्न अनुरोध गर्दछौं,’ प्रहरीको आग्रह छ । 

साथै, त्यस्ता गतिविधि देखिए नेपाल प्रहरीको १०० वा जिल्ला प्रहरी परिसर काठमाडौंको ९८५१२८३०१२ मा सम्पर्क गरी जानकारी गराउन भनिएको छ ।

टिप्पणीहरू