दलाई लामाको अनलाइनमा ‘फ्रि तिब्बत’ विरोधीहरु भूत
चीनको स्वायत्त क्षेत्र तिब्बत (सिजाङ) बाट भारतमा निर्वासित दलाई लामाको अनलाइन पत्रिका टिबेटन रिभ्युमा सम्भावित मन्त्रीका रुपमा प्रचारित पात्रको विरोध भएको सन्दर्भ उल्लेख गरिएको छ । अन्तरिम सरकारमा हुम्लाकी एक युवती टासीलाई मन्त्री बनाउन गरिएको प्रस्तावसँगै सामाजिक सञ्जालमा ‘फ्री तिब्बत’का नाममा विवाद शुरु भएको अनलाइनमा लेखिएको छ । समाचार शीर्षकमा ‘फ्री तिब्बत’ विरोधीहरुलाई भूतको संज्ञा दिइएको छ ।
ती युवतीको नाम, उच्चारण र पहिचानका आधारमा चीनविरोधी संगठनसँग नाता रहेको आरोप लगाइँदै नागरिकता र निष्ठामाथि प्रश्न उठाइएको भनिएको छ । हुम्लाकी तासी ल्हाजोम मन्त्रीका रूपमा प्रस्तावित भएपछि केही समूहले उनी ‘फ्री तिब्बत’ र त्यससँग सम्बन्धित अमेरिकी संस्था वा नागरिक समूहहरूसँग जोडिएको दाबी गरिएको थियो ।
ल्हाजोम र उनका समर्थकहरूले भने यस्तो आरोपलाई राजनीतिक चरित्रहत्या बताउँदै कुनै विदेशी सहायता वा निर्देशन नभएको स्पष्ट पारेको पनि अनलाइनले लेखेको छ ।
पर्यवेक्षकको हवाला दिँदै उक्त विवाद लाई नेपालमा जातीय पहिचान,राष्ट्रियता र परराष्ट्र नीतिसँग जोडिएको गहिरो असुरक्षाको प्रतिबिम्ब भनिएको छ । ‘फ्री तिब्बत’जस्ता आरोपहरू यस्तो बेला राजनीतिक हतियारका रूपमा प्रयोग हुने प्रवृत्ति बढ्दै गएको विश्लेषण छ । उक्त अनलाइनमा हिजो राति १० बजे प्रकाशित समाचारमध्ये अधिकांश चीन विरोधी देखिन्छ । त्यसमा नेपालको प्रस्तावित मन्त्री भनिएकी टासीबारे प्रमुखताका साथ समाचार छापिएको छ ।
सोही अनलाइनले सेप्टेम्बर १३ तारिखका दिन दलाई लामासँगै प्रधानमन्त्री सुशीला कार्कीको फोटो प्रकाशित गर्दै लामाले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएको उल्लेख छ । समाचारमा दलाई लामाले कार्कीलाई लिखित बधाई दिएको व्यहोरा नै जनाइएको छ । सोही कारण छिमेकी चीनले प्रधानमन्त्री कार्कीलाई समकक्षीका तर्फबाट आजका मितिसम्म औपचारिक बधाई दिएको पाइन्न ।
टिप्पणीहरू