सानेपामा कडा सुरक्षा, चेकजाँचपछि मात्र बैठक कक्षमा प्रवेश

सानेपामा कडा सुरक्षा, चेकजाँचपछि मात्र बैठक कक्षमा प्रवेश

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको तयारीसँगै सानेपास्थित पार्टी केन्द्रीय कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीहरु र पार्टी निकट नेविसंघ र तरुण दलका कार्यकर्ताहरू नेता तथा कार्यालयको सुरक्षा व्यवस्थापनमा खटिएका छन्। 

बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई कडा जाँचपछि मात्र प्रवेश दिइएको बताइएको छ । आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा जेन जी प्रदर्शनको एक महिनापछि पहिलो पटक सार्वजनिक हुने कार्यक्रम छ । 

बैठकमा हालको राजनीतिक अवस्था, पार्टी पुनर्संरचना र भावी रणनीतिसम्बन्धी केही महत्वपूर्ण निर्णय हुने सम्भावना छ ।

टिप्पणीहरू