अनावश्यक प्रचारप्रति निगमको आपत्ति

अनावश्यक प्रचारप्रति निगमको आपत्ति

नेपाल वायुसेवा निगमले काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं उडान रद्ध सम्बन्धी ‘भ्रान्तिपूर्ण र अनावश्यक प्रचारप्रति’ आपत्ति जनाएको छ। आगामी अक्टोबर १९ तारिखका लागि तोकिएको उडान यात्रु अभावका कारण नभएर आन्तरिक कारणले रद्द गरिएको निगमले स्पष्ट पारेको छ ।

यात्रु नपाएर उडान स्थगित गरिएको भन्ने समाचारप्रति गम्भीर आपत्ति जनाउँदै जारी विज्ञप्तिमा भनिएको छ, “नियमित उडान तालिकाबमोजिम १९ अक्टोबर २०२५ को काठमाडौं–ग्वाञ्जाओ उडान आन्तरिक कारणले मात्र रद्ध गरिएको हो। सो उडानका सम्पूर्ण यात्रुहरूको वैकल्पिक व्यवस्था गरिएको छ।”

ग्वाञ्जाओ नयाँ गन्तव्य भएकाले यस रुटको प्रचार–प्रसार र यात्रुहरूलाई जानकारी दिने प्रक्रिया जारी रहेको र निगमले अक्टोबर १६, १७, २३ र २४ मा हुने उडानका टिकट बिक्री भइरहेको पनि जनाइएको छ ।

निगमले आफ्नो बजार विस्तारमा नकारात्मक प्रभाव पार्ने खालका समाचार प्रकाशन नगरिदिन र आधिकारिक जानकारीका लागि निगमसँग सम्पर्क गर्न सञ्चारमाध्यमहरूलाई आग्रहसमेत गरेको छ।

 

टिप्पणीहरू