प्रतिनिधिसभा विघटन उल्टाउन सभामुखकोमा दलहरुको भेला
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्न लाग्नुभएको छ ।
परामर्श बैठकमा सभामुखले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कानुनी कदम चाल्ने सम्भावनाबारे दलहरूको धारणा लिनुहुने बताइएको छ ।
बैठक सिंहदरबारस्थित उहाँको कार्यकक्षमा बिहान ९ बजेलाई राखिएको छ । हिजो विघटनविरुध्द सर्वोच्चमा १० वटा रिट दर्ता भैसकेको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टीले नभई ब्यक्ति ब्यक्तिले रिट दर्ता गर्न आफ्नो पंक्तिलाई निर्देशन दिनुभएको छ ।
टिप्पणीहरू