दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु
चितवनको एक दाना उद्योगको पर्खाल भत्किँदा कामदारहरूको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार हिजो बिहान १० बजेतिर रत्ननगर–१२ स्थित किसान दाना उद्योगको वाल भत्किँदा पाँच जना कामदार घाइते भएका थिए । उनीहरुलाई तत्कालै उपचारको लागि चितवन मेडिकल कलेज पुर्याइएको थियो ।
घाइतेमध्ये खैरहनी–२ का ४५ वर्षीय शुकराम दराईको टाउको, अनुहार र हातखुट्टा पूरै चोटाम्य भई गम्भीर हालतमा उपचारको क्रममा १० बजेर ५१ मीनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी गोरखा घर भई रत्ननगर–१२ मै बसेर काम गर्दै आएका ५४ वर्षीय रेशम दमाईको हातखुट्टा, अनुहार र पेटमा चोट लागी गम्भीर हालतमा उपचारक्रममा साढे १० बजेतिरै मृत्यु भएको बताइएको छ ।
पर्सा घर भई रत्ननगर–१२ मै बस्ने अं. वर्ष ४५ का कमल गुरुङको पनि अनुहार, हात खुट्टा र टाउकोमा चोट लागी गम्भीर अवस्थामा हिजो बिहान साढे १० कै पेरिफेरिमा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको थियो ।
पर्सा स्थायी ठेगाना भएका रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र अर्का अन्दाजी ४० वर्षका अंकजप्रसाद थारुको भने हातखुट्टामा चोट र अवस्था मध्यम रहेको जनाइएको थियो ।
उद्याेग मालिक र पीडित कामदार पक्षबीच अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा छलफल भइरहेकाे छ ।
टिप्पणीहरू