शीर्ष नेताहरुपछि महत, थापा र दाहालप्रति पूर्व सैनिक अधिकृतको आक्रोश

शीर्ष नेताहरुपछि महत, थापा र दाहालप्रति पूर्व सैनिक अधिकृतको आक्रोश

नेपाली सेनाका पूर्व महासेनानी माधवसुन्दर खड्काले राजनीतिक दलहरूप्रति वितृष्णा जगाउने काम ती पार्टीका नेताहरुले गरेको आरोप लगाएका छन् । केही नेताहरूको फोटो माइतीघरमा झुण्डाएर अनेक विशेषण दिएका छन ।

उनले आज नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत, नेकपा (एमाले)का नेता सूर्यबहादुर थापा र नेकपा (माओवादी केन्द्र)की नेतृ गंगा दाहालको फोटो टाँसेर एकछिन आफ्ना कुरा राखेका थिए । नेता महतको फोटोमा ‘म भ्रष्टाचारी भाउजुको भ्रष्टाचारी देवर’ लेखिएको छ। नेपाली कांग्रेसलाई कमजोर बनाउन महतको ठूलो हात रहेको पूर्व महासेनानी खड्काको दाबी छ।

त्यसैगरी थापाको फोटोमा ‘म नरसंहार हत्यारा, केपी शर्मा ओलीको महाझोले’ लेखिएको छ। थापाकै कारण एमालेको छवि बिग्रँदै गएको खड्काको बुझाई छ।

त्यस्तै, माओवादी नेतृ तथा प्रचण्डपूत्री दाहालको फोटोमा ‘म जनयुद्धको नाममा अकूत सम्पत्ति कमाउने महिला भ्रष्टाचारी’ लेखिएको छ। खड्काले यसअघि माइतीघरमै एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाको फोटो झुण्डाएका थिए। तर सम्बन्धित दलका कार्यकर्ताले उक्त फोटो हटाइसकेका छन् ।

टिप्पणीहरू