आन्तरिक उडानमा ज्येष्ठ नागरिकलगायतलाई छुट
अब आन्तरिक उडानमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले छुट पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच यस सम्बन्धमा सहमति भएको छ।
प्राधिकरणका अनुसार, ७० वर्षमाथिका ज्येष्ठ नागरिकले अन्तरिक हवाई टिकटमा ५० प्रतिशत छुट पाउने छन्। ७५ वर्ष पुगेकालाई ७० प्रतिशत र ८० वर्षमाथिकाले ८० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
त्यस्तै, जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट उपलब्ध गराइने प्राधिकरणले जनाएको छ। प्राधिकरणले भनेको छ, “सहमति भएअनुसारका विषयहरुलाई आजैका मितिबाट कार्यान्वयन गर्नुहुन सम्पूर्ण वायुसेवा कम्पनीहरुलाई सूचनामार्फत निर्देशन दिइन्छ।”
टिप्पणीहरू