अर्का कर्णेल पनि पक्राउ

अर्का कर्णेल पनि पक्राउ

नेपाली सेनाले धनगढीस्थित तेघरी ब्यारेकका लेफ्टिनेन्ट कर्णेल शिव भडेललाई पनि पक्राउ गरेको छ । 

सिंहदरबारस्थित नरसिंह दल गणका गणपति गणेश खड्का र सिन्धुलीको भवानीबक्स गणका तेजेन्द्र मगरलाई हिरासतमा लिएर सोधपुछ थालेको जंगीअड्डाले लगत्तै भडेललाई पनि समातेको हो । टिकटकमा भिडिओ हालेको सम्बन्धमा सोधपुछका लागि उनलाई सैनिक हिरासतमा राखेको बुझिएको छ । 

स्रोतका अनुसार खड्का र मगर भने भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा छानविनमा तानिएका हुन् । भदौ २४ गते जेन जी आन्दोलनको नाममा सिंहदरबारसहित देशभरका सरकारी कार्यलयमा लुटपाट,तोडफोड र आगजनी भएको थियो । उक्त घटनामा सेनाको भूमिकालाई लिएर सर्वत्र आलोचना भैरहेको छ । 

सोही घटनामा जिम्मेवार ठहर्याउँदै नरसिंह दल गणका तत्कालीन गणपति खड्कालाई सैनिक हिरासतमा लिएको सेनाले सिंगो काठमाडौँ उपत्यकाको सुरक्षा कमाण्ड सम्हाल्ने पृतनापति रविन्द्र क्षेत्री र ५ चोटी सगरमाथा चढिसकेका बालाजूस्थित १ नम्बर बाहिनीपति सुनिलसिंह राठौरसङ्ग भने सामान्य सोधपुछसमेत गरेको छैन । जबकि उक्त दिन सिहंदरबार मात्र जलेको थिएन । उपत्यकाका दर्जनौँ सरकारी संरचना ध्वस्त पारिएको छ । 

'हिंडेरै जाँदा पनि एकछिनमा पुगेर निर्देशन दिन मिल्ने ठाउँमा कमजोरी भएको छ भने पृतनापति पनि जिम्मेवार हुनुपर्छ । अख्तियारको जस्तै ठूलो माछा समात्न नमिल्ने हो भने बेग्लै कुरा नत्र गणपतिलाई मात्र किन कारवाही ?', स्रोतले असन्तुष्टि जनाउँदै भन्यो ।

तर,नरसिंह दल गणका गणपति मात्र छानविनमा पर्नुले 'ठूलो माछा' जोगाउने चलखेलको गन्ध आएको गुनासो जंगीअड्डा स्रोतले गरेको छ । युद्धकार्य महानिर्देशनालयबाट बढुवा भएर उपत्यकाको सुरक्षा सम्हाल्न पुगेका दुई तारे जर्नेल खत्रीमाथि छानविन हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ । 

सामान्यत: उपत्यकाबाहिर पृतना र गणको दूरी टाढा हुन्छ । तर, काठमाडौँ उपत्यकामा भने पृतनाबाट नजिकैको दूरीमा गणहरू छन्, र उस्तै परे आधा घण्टामा हिंडेरै पुगिन्छ । 

'हिंडेरै जाँदा पनि एकछिनमा पुगेर निर्देशन दिन मिल्ने ठाउँमा कमजोरी भएको छ भने पृतनापति पनि जिम्मेवार हुनुपर्छ । अख्तियारको जस्तै ठूलो माछा समात्न नमिल्ने हो भने बेग्लै कुरा नत्र गणपतिलाई मात्र किन कारवाही ?', स्रोतले असन्तुष्टि जनाउँदै भन्यो ।

 

टिप्पणीहरू