चुनावमा जाने कि हवाई छापा हानेर तनाव निम्त्याउने
एआइजी डा.मनोज केसी सिआइबीमा लगिएका छन् । प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत उनलाई अन्तरिम सरकारले लगेको बुझिएको छ । विशेष ब्युरो प्रमुखका रुपमा भारतबाट भुटानी काण्डवाला बेचन झालाई उनले समातेर ल्याउँदा पोहोर असारमा तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार ढल्यो ।
स्रोत भन्छ, ‘त्यतिबेला बेचनलाई समात्नैपर्ने थियो, समातियो । उल्कै चर्चा नगरेको भए, सरकार ढल्दैनथ्यो ।’ सोही प्रकरणमा पक्राउ परेका केही अभियुक्तलाई उनले थानकोट लगेर निर्घात कुटपिटसमेत गरेको बताइन्छ ।
कालीमाटी चौकीको हिरासतमा रहेका सानु भण्डारी र केशव दुलाललाई कुटपिट गरेर उनले राजेश बज्राचार्यको नाम बक्न लगाएको आरोप छ । सिआइबीको प्रमुख काम कुनै पनि मुद्दामाथि बृहत अनुसन्धान गर्नु हो । सतप्रतिशत विश्वास भएपछि अदालतबाट अनुमति लिएर मात्र उसले छापा हान्न जाने हो ।
तर, केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवापत्नी डा.आरजु राणा देउवाको भाइ भुषण राणाको घरमा छापा हान्दा टोली खाली हात फर्किनुपर्यो । यता, जावलाखेलस्थित आरजुका बुवाआमाको घरमा पनि सिआइबीको टोली पुग्यो । त्यहाँ पनि केही प्रमाण भेटिएन । यस्तो भएपछि मात्रै आइजिपीको तोकादेशपछि सिआइबीले मुद्दा चलाउने र टोली परिचालित गर्ने हो ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान शुरु गर्ने अर्कै प्रहरी अधिकृत हुन्, तर, चर्चामा आए उनी ।
सरकारलाई अस्थीर बनाउने दाउ
वर्तमान सरकारको उद्देश्य ६ महिनाभित्र चुनाव गराउनु हो । तर, उनले सरकारलाई मूल कामबाट विकेन्द्रित गराउँदैछन् । अन्तरिम सरकारले चुनावबाहेक अन्य काममा हात हाल्यो भने तोकिएको समयमा चुनाव नै हुँदैन ।
फागुन २१ गते चुनाव सम्पन्न नभएमा अहिलेको व्यवस्था नै संकटमा पर्न सक्छ । मुलुक संकटपूर्ण अवस्थामा रहेको देख्दादेख्दै उनी ‘यसलाई समात्छु, यो–त्यो गर्छु’ भन्दै आश्वासन दिइरहेका छन् । आफू चर्चामा आउन रचिने ती रणनीतिले दलहरू चुनावमा नजान सक्छन् । दल सहभागी नभई चुनाव हुने सम्भावना छैन ।
एआइजी डा.केसी सहकारी ठगी प्रकरणमा नख्खु कारागार चलान भएका लामिछाने गृहमन्त्री हुँदा एकदमै नजिक थिए । उनी उपत्यका केरकारको एसएसपी हुँदा श्याम ज्ञवाली भ्याली एआइजी थिए । आइजिपी हुने सपना देखेका ज्ञवालीको सर्टिफिकेटबारे अख्तियारमा उजुरी प¥यो ।
अख्तियारले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै उजुरी गृह मन्त्रालयमा पठाइदियो । उनको सर्टिफिकेट नक्कली रहेको समाचार प्रकाशन भएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले १ नम्बरमा रहेका वसन्त कुँवरलाई आइजिपी बनाइदिए । त्यसपछि रविनिकट भएर हिँडेका उनी जेनजी विध्वंशपछि गृहमन्त्री हुन्छु भन्दै बालेन साहलाई भेट्न पुगेका थिए ।
तर, बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाइयो । त्यसपछि पनि उनी सल्लाहकार बन्छु भन्दै ओमप्रकाशलाई भेट्न गए । ओमप्रकाशले ‘सल्लाहकार राख्दिन’ भनेपछि गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा जान जोडबल गरे । केही दिनअघि उनी र डा.केसीले बालेनका फोहोरमैला सल्लाहकार कलाकार अर्जुन पाण्डेसँग भेटघाट गरेका छन् ।
टिप्पणीहरू