हिमाल आरोहणपछि फर्कंदै गरेका आरोहीको निधन

हिमाल आरोहणपछि फर्कंदै गरेका आरोहीको निधन

व्यापक हिमपातपछि मनाङमा एकजना हिमाल आरोहीको निधन भएको छ । सोमबार रातिदेखि नेपालका अधिकांश पहाडी र उच्च हिमाली क्षेत्रमा व्यापक हिमपात भइरहेको बेला मनाङमा एक अष्ट्रेलियन आरोहीको मृत्यु भएको छ ।

र्पाभूमी गाउँपालिका–५ स्थित ६,१०० मिटर उचाइको हिमलुङ हिमाल आरोहण गरी फर्कने क्रममा अष्ट्रेलियन नागरिक ४९ वर्षीय चान चिन टार्कको निधन भएको प्रहरीले जनाएको छ । पासपोर्ट नम्बर पिए७२६८१२८ को हिजो साँझ सवा ७ बजेको समयमा निधन भएको हो ।

बाक्लो हिमपातका कारण फर्कने क्रममा आरोहीलाई उद्धारको प्रयास गरे पनि ज्यान बचाउन नसकिएको बताइएको छ । हिमलुङलगायत उच्च पहाडी र हिमाली क्षेत्रमा पछिल्ला दिनमा लगातार परेको हिउँले जनजीवन कष्टकर बन्दै गएको छ ।
 

टिप्पणीहरू