रारामा लेक लागेर सिकिस्त दुईको उद्धार
मुगुको रारा ताल घुम्न गएका दुई आन्तरिक पर्यटक लेक लागेर सिकिस्त बिरामी परेपछि उद्धार गरिएको छ । काठमाडौं महानगरपालिका–१३, जोरपाटी निवासी उनीहरुलाई नेपाली सेनाले उद्धार गरेको हो । सेनाका अनुसार उनीहरु माथिल्लो मिलिचौरमा लेक लागेर अस्वस्थ भएका थिए ।
लगत्तै सेनाको हनुमानध्वज गुल्मबाट नर्सिङ अदर्ली र अक्सिजनसहित खटिएको टोलीले उनीहरुको प्राथमिक उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको जनाइएको छ । उनीहरुलाई आफन्तको जिम्मा लगाइएको सेनाको भनाइ छ ।
टिप्पणीहरू