गोरखाका नर्सहरु पनि अस्पताल बाहिर

गोरखाका नर्सहरु पनि अस्पताल बाहिर

सरकारले तोकेको न्यूनतम पारिश्रमिकको माग गर्दै गोरखा अस्पतालका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् । बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा सेवा ठप्प पारेर उनीहरु अस्पताल बाहिर निस्किएका हुन् ।

नर्सहरुले ‘न्यायगत तलब–हाम्रो सम्मान, हाम्रो सेवा’, ‘नर्सको श्रम शोषण बन्द गर’, ‘नर्सलाई नेपालमै बस्ने वातावरण सिर्जना गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । दुई घण्टा अस्पताल परिसरमा प्रदर्शन गरेपछि उनीहरु आफ्नो सेवामा खटिएको बताइन्छ ।

टिप्पणीहरू