सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई बालुवाटारमा निम्तो
प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त बैठक बोलाउनुभएको छ । बैठक भोलि अपरान्ह ४ बजे बालुवाटारमा बस्ने बताइएको छ ।
प्रधानमन्त्री कार्कीले जिम्मेवारी सम्हालेको डेढ महिना बढी समयपछि बल्ल राजनीतिक दलका नेता तथा प्रतिनिधिसँग सम्वाद थाल्नुभएको हो । हिजो सञ्चारकर्मीहरुसँग औपचारिक छलफल गरेपछि भोलि मुख्यमन्त्रीको पालो राखिएको छ । भदौ २४ गतेको विध्वंशपछि संघ र प्रदेश सरकारबीच औपचारिक संवाद भएको थिएन ।
बैठकमा कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थित हुनेछन् ।
टिप्पणीहरू