आफ्नो सरकारको मूल्याङ्कन गर्दै प्रधानमन्त्री

आफ्नो सरकारको मूल्याङ्कन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकार गठनपछिको कार्यसम्पादन मूल्याङ्कन र आगामी सुधारका एजेण्डामाथि छलफल गरेको छ । बिहान पौने १२ बजे थालेर झण्डै सवा ३ बजे सकिएको उक्त बैठकमा प्रधानमन्त्री कार्कीले ‘सरकारको पहिलो डेढ महिनाको कामकाज जनअपेक्षासँग कति मेल खायो, अबका सुधारका दिशा के हुने’ भन्ने विषयमा समीक्षा गर्न निर्देशन दिनुभएको बताइन्छ ।

छलफलमा सबै मन्त्रीको उपस्थिति थियो । त्यसैगरी, मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत पनि उपस्थित थिए । 

बैठकमा मन्त्रालयगत प्रगतिका विवरण प्रस्तुत गरिएको थियो । जसमा यसअघि तर्जुमा गरिएको नीति कार्यान्वयनमा देखिएका चुनौती, बजेट खर्चमा देखिएको ढिलाइ, नागरिक सेवा प्रवाहमा सुधार र संघीय समन्वयका विषयमा छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू