कुलमान–हितेन्द्र विवाद : सासु–बुहारीको किस्सा
नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य सरकारविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। आफूलाई बिनाकारण जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको भन्दै उनले रिट दर्ता गराएका हुन्।
निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तर असोज पहिलो साता प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ऊर्जा आयोगको विशेषज्ञ पदमा सरुवा गरिदियो । खासगरी ऊर्जामन्त्री कुलमान घिसिङको चाहनामा शाक्यलाई सरुवा गरेर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।
शाक्यले आफूले मुलुकमा सिर्जित विषम परिस्थितिअनुसार प्राधिकरणको काम प्रभावकारी बनाउने उद्देश्यले सहकार्य गर्न खोजेको भए पनि सरकारले एक पटक पनि संवाद नगरी विनाकारण सरुवा गरेको गुनासो गरेका छन्। यो विवादमा कतिपयले राजनीतिक र व्यक्तिगत सम्बन्धसँग जोडेर व्याखा गरेका छन् ।
यसअघि कुलमान पनि प्रबन्ध निर्देशकबाट हटाइएपछि सर्वोच्च अदालत पुगेका थिए ।
टिप्पणीहरू