सर्वपक्षीय सरकारको माग गर्दै विप्लवहरू सडकमा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले काठमाडौँमा प्रदर्शन गरेको छ । सर्वपक्षीय सरकारको माग सो पार्टीले आज जुलुससहित प्रदर्शन गरेको हो ।
उपत्यकाका विभिन्न ठाउँबाट र्यालीसहित अघि बढेका प्रदर्शनकारी भृकुटीमण्डप पुगेका छन् । त्यहाँ आयोजित कोण सभालाई विप्लवले सम्बोधन गर्ने बताइएको छ ।
सुशीला कार्की नेतृत्वको सरकार जेनजी प्रदशर्नको बलमा बनेको भए पनि शंकास्पद व्यक्तिहरूले नियन्त्रण गरिरहेको नेकपाको निष्कर्ष छ । गत साता कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले सर्वपक्षीय सरकारको माग गर्दै सडकमा उत्रिने निर्णय गरेको थियो ।
काठमाडौँसहित देशैभर दबाबमूलक कार्यक्रम गर्ने निर्णयअनुसार सुर्खेत र महेन्द्रनगरमा यसअघि नै विरोध प्रदर्शन गरिसकेको छ ।
यता, वामपन्थी एकता नगर्ने विप्लवको निर्णयविरुद्ध उनको पार्टीमा बिद्रोह भएको छ । पोलिटब्युरो सदस्य चिरन पुन र स्थायी समिति सदस्य कर्णजित बुढाथोकीकीले छुट्टाछुट्टै समूह बनाएर नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् ।
तस्बिरहरु












टिप्पणीहरू