‘झ्याप उत्रियो मेयर सा’प ? कि ह्याङ् ओभरमै हो ?’

‘झ्याप उत्रियो मेयर सा’प ? कि ह्याङ् ओभरमै हो ?’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साह लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । 

सार्वजनिक सभा समारोह र सञ्चार माध्यममा खासै देखिन नचाहाने उनी आज वडा नम्बर-८ स्थित जयबागेश्वरीमा देखिएका हुन् । बालेनले त्यहाँ नवनिर्मित मन्दिरको उद्घाटन गरे । 

छैठौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनर्निर्माण पश्चात राखिएको उद्धघाटन कार्यक्रममा उपमेयर सुनिता डंगोल, ८ नम्बरका वडाध्यक्ष आशामान सङ्गत, बागमती प्रदेशका सांसद श्रीराम लामिछानेलगायत पनि उपस्थिति थिए । 

संघीय राजधानी शहरको मेयर भैकन कोठाभित्रै बस्ने गरेको आरोप बालेनमाथि लाग्दै आएको छ । कार्यपालिका सदस्य र स्थानीयले लामो समयदेखि भेट्न खोज्दा पनि समय नदिने गरेको गुनासो गर्दै आएका छन् । 

बालेन बेलाबेला सामाजिक सञ्जालमा अन्टसन्ट स्टाटस लेखेर विवादमा तानिने गरेका छन् । गत शनिबार मध्यराती पनि उनले अश्लिल स्टाटस लेखेर केहीबेरमा डिलेट गरेका थिए । प्राय: शनिबार साँझपखका स्टाटस विवादित हुने गरेको छ । 

कतिपयले मदिरा र गाँजाको नशामा जथाभावी लेख्ने गरेको आरोप बालेनमाथि लगाउने गरेको पाइन्छ । आज जयवागेश्वरी पुगेको तस्वीर सार्वजनिक भएपछि एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘झ्याप उत्रियो मेयर साप ? कि ह्याङ् ओभरमै हो ?’

टिप्पणीहरू