अन्ततः अञ्जना विशंखे पनि प्रचण्डतिर
तत्कालीन नेकपा (माओवादी केन्द्र) की स्थायी कमिटी सदस्य अञ्जना विशंखे नेपाली कम्युनिष्ट पार्टीमा जोडिएकी छन् । उनले आज पेरिसडाँडा पुगेर दल दर्ताको लागि निर्वाचन आयोग पठाउन तयार पारिएको कागजातमा हस्ताक्षर गरिन् ।
विभिन्न दश घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि तत्कालीन माओवादी उपमहासचिव जनार्दन शर्मा, स्थायी कमिटी सदस्य राम कार्की र विशंखेले पाटनको एक रेष्टुरेण्टमा पत्रकार सम्मेलन गरेर ‘प्रगतिशील अभियान’ घोषणा गरेका थिए । कुनै पनि हालतमा एकतामा सहभागी नहुने,बरु प्रगतिशील अभियानमार्फत् विचार मिल्ने समूहहरुलाई एकीकृत गर्दै जाने उनीहरुको ठहर थियो ।
‘उहाँले आज यता (नेपाली कम्युनिष्ट पार्टी)को लागि हस्ताक्षर गरिसक्नुभयो’, उनले भने, ‘हाम्रै दलको सदस्यका रुपमा उहाँको हस्ताक्षर निर्वाचन आयोग पुगिसक्यो ।’
तर विशंखेले आज जनार्दनको साथ छाडेर नेपाली कम्युनिष्ट पार्टीमा जोडिएको संयोजक पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यले जनआस्थालाई जानकारी दिए । ‘उहाँले आज यता (नेपाली कम्युनिष्ट पार्टी)को लागि हस्ताक्षर गरिसक्नुभयो’, उनले भने, ‘हाम्रै दलको सदस्यका रुपमा उहाँको हस्ताक्षर निर्वाचन आयोग पुगिसक्यो ।’
एकताको भोलिपल्ट (कात्तिक २०) गते दल दर्ताको लागि निवेदन दिएको नेपाली कम्युनिष्ट पार्टीका देव गुरुङ,वर्षमान पुन, राजेन्द्र पाण्डेलगायतका नेताहरु आज साँझ थप कागजात बोकेर निर्वाचन आयोग पुगेको बुझिएको छ ।
टिप्पणीहरू