एमालेका बागी पूर्व सांसद योगेन्द्र मण्डलले खोले ‘राष्ट्रिय ऊर्जाशील पार्टी’
एमालेबाट बिद्रोह गरेर गत प्रतिनिधि सभा निर्वाचनमा मोरङको ५ नम्बर क्षेत्रबाट उम्मेदवार भएर विजयी भएका पुर्व सांसद योगेन्द्र मण्डलले ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ खोलेका छन् ।
जिवन विकास समाज नाम वित्तिय संस्थाका अध्यक्ष समेत रहेका मण्डलले ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ नाम राखेर आफनै अध्यक्षतामा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।
पुर्व सांसद मण्डलका अनुसार उनले आफनो पार्टीको केन्द्रीय समिति तत्कालका लागि ३१ सदस्यीय रहने प्रस्ताव गरेको र दलको चिन्ह चापाकल राखेर आयोगमा दर्ताका लागि निवदेन दर्ता गराएका छन । मण्डलले गत २०७९ को निर्वाचनमा चापाकल चिह्नबाटै एमालेको बागी उम्मेदवार वनेर विजयी भएका थिए । उनले निकटतम प्रतिद्धन्द्धि सत्ता गठबन्धनका उम्मेदवार माओबादी केन्द्रका शिवकुमार मण्डललाई २१ हजार ८२० मत ल्याएर पराजित गरेका थिए ।
मण्डल २०५४ सालदेखि जीवन विकास समाज नामक गैरसरकारी संस्था स्थापना गरेर शिक्षा, स्वास्थ्य, कृषि र लघुवित्त क्षेत्रमा सक्रृयता बढाएका थिए । उनले मोरङको दक्षिणी क्षेत्रमा रहेको मोरङको कटहरी २ हन्दिबारीमा जीवनविकास लघु वित्तलेमार्फत सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसन सञ्चालन गरेका छन । गत १४ जेठमा उक्त्त अस्पतालको पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेका थिए । त्यो बेला ओलीले मण्डलको मुक्त्तकण्ठले प्रशंसा गरेका थिए । मण्डल लामो समयदेखी एमालेका कार्यकर्ता थिए ।
तर पार्टीले गठबन्धनका लागि जसपाका राजकुमार यादबलाई टिकट दिएपछि समयदेखी एमालेका कार्यकर्ता थिए । तर पार्टीले गठबन्धनका लागि जसपाका राजकुमार यादबलाई टिकट दिएपछि उनले एमाले त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
टिप्पणीहरू