भीम रावललाई नेकपामा छैठौं वरियता

भीम रावललाई नेकपामा छैठौं वरियता

डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने पक्का भएको छ । पर्सि बुधबार दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा हुन लागेको छ । 

नेकपा (एमाले)को पूर्व उपाध्यक्षसमेत रहेका रावलको समूह नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन लागेको विषयबारे कात्तिक २० गते नै जनआस्थाको अनलाइन संस्करणमा ‘नेकपामा मिसिन भीम रावल सकारात्मक’ शीर्षक समाचार प्रकाशित भएको थियो । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालसँग भेटेको भोलिपल्टै उनले भनेका थिए, ‘मोटामोटी सहमति भयो,तर मैले भनेर मात्र हुँदैन, साथीहरुसँग छलफल गरेर निर्णय दिन्छु ।’ 
 
त्यसयता विभिन्न चरणमा भएको छलफलपछि रावल समूह नेकपासँग एकता गर्न सहमत भएको हो । रावललाई नेकपामा छैठौं वरियता दिने सहमति भएको बुझिएको छ । पहिलो वरियता प्रचण्ड,दोस्रो वरियतामा नेपाल, तेस्रोमा झलनाथ खनाल,चौथोमा वामदेव गौतम,पाँचौमा नारायणकाजी श्रेष्ठ र छैठौं वरियता रावलको रहने बताइएको छ ।

टिप्पणीहरू