फुटेको पार्टी जोड्न भेटघाट र वार्ता

फुटेको पार्टी जोड्न भेटघाट र वार्ता

जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादीबीच एकताको प्रयास शुरु भएको छ । 

जेनजी आन्दोलनपछि राजनीतिक ध्रुवीकरण तीब्र भैरहँदा डेढ वर्षअघि फुटेका यी दुई पार्टीलाई जोड्न नेताहरू सक्रिय भएका हुन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा अध्यक्ष अशोक राईसँग एकताको प्रस्ताव राखेको बुझिएको छ । 

जानकार स्रोतका अनुसार उपेन्द्र निकट नेताहरू एकताको औपचारिक प्रस्ताव लिएर राईलाई भेट्न पुगेका थिए । तर, राईले हतारमा एकता गर्ने पक्षमा नरहेको भन्दै थप छलफल आवश्यक पर्ने जवाफ दिएको बताइन्छ । 

माओवादी केन्द्रसहित दश वटा वाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पनि राईसँग एकताको प्रस्ताव गरेको चर्चा छ ।

उता, राजेन्द्र लिङदेनको राप्रपा र कमल थापाको राप्रपा नेपाललाई मिलाउन दुवैतिरका नेताहरू संवादमा जुटेका छन् । लिङ्देन र थापा आज धुम्बाराहीस्थित एक होटलमा भेटेर लामो कुराकानी गरेको बुझिएको छ । 

लिङ्देनलाई एकीकृत पार्टीको अध्यक्ष मान्न तयार रहेको थापाको सन्देशपछि दुई नेताको वार्ता तय भएको बताइन्छ ।

टिप्पणीहरू