भीम रावललाई केहीबेरमा भित्र्याउने

भीम रावललाई केहीबेरमा भित्र्याउने

डाक्टर भीमबहादुर रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान' आजबाट नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछ ।

दिउँसो साढे १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, अभियानका संयोजक रावलसहितका नेताहरू कार्यक्रमस्थल पुग्दैछन् । 

शीर्ष नेता सहभागी हुने भएसँगै सभागृह परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पार्टीका युवाहरू पनि सुरक्षामा खटिएका छन् ।

टिप्पणीहरू