चुनावको तयारीबारे सिंहदरबारमा छलफल

चुनावको तयारीबारे सिंहदरबारमा छलफल

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । 

आज दिउँसो प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा आसन्न निर्वाचनको तयारीका सम्बन्धमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री भेट्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगको टोली सिंहदरबार पुगेको थियो ।  

टोलीमा आयुक्त डा.जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा पनि सहभागी थिए । त्यसक्रममा निर्वाचन अयोगको तयारी, राजनीतिक दलसँगको छलफल, दल दर्ता, मतदाता नामावली संकलनलगायतका विषयमा प्रधानमन्त्री कार्कीले चासो राखेको बताइएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको छ । निर्वाचन आयोगले दल दर्ता र मतदाता नामावली संकलनका लागि कात्तिक मसान्तको समय तोकेको छ । 

तर, नामावली संकलन अपेक्षितरूपमा नभएको गुनासोपछि प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै समय थप्न र सहज बनाउन निर्देशन दिएकी थिइन् । तर, आयोगले भने समय अभावका कारण यसअघि प्रकाशित कार्यतालिका संशोधन गर्न नसकिने जवाफ दिएको अवस्था छ । 

यसबाहेक निर्वाचनबारे राजनीतिक दलहरू सशंकित भइरहेका बेला आयोगसँग प्रधानमन्त्रीले गरेको भेटलाई महत्वका साथ हेरिएको छ ।

टिप्पणीहरू