माधवको कटाक्ष: होस गुमाएर गाली नगर्नुस्

माधवको कटाक्ष: होस गुमाएर गाली नगर्नुस्

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले आफूहरूको एकताका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको टिप्पणी गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया निरन्तर अघि बढ्ने पनि बताए । यसले कतिपय व्यक्तिको होस उडेको भन्दै सहसंयोजक नेपालले ओलीको नाममा नलिई कटाक्षपूर्ण टिप्पणी गरेका हुन् । 

‘कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको हुनुपर्छ । होस हवास गुमेको हुनुपर्छ । होस गुमाउनु आवश्यक छैन । गाली गलौजमा उत्रिनुपर्ने आवश्यकता छैन’, उनले भने, ‘बरु हामीलाई धन्यवाद दिनुहोस्- मैले त बिगारेँ, तपाईंहरुले सपार्दै हुनुहुन्छ भनेर । धन्यवाद प्रस्ताव पास गर्नुस् । धन्यवाद प्रस्ताव पास गर्नुभयो भने हाम्रो घाउमा मल्हमको काम गर्नेछ ।’

एकताको प्रक्रिया अझै नरोकिने दाबी गर्दै नेपालले यो अभियानले नेपालको राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । कम्युनिष्ट एकतालाई दिगो बनाउन यो अभियानप्रति गौरववोध गर्न उनले नेता-कार्यकर्तालाई अपिलसमेत गरेका छन् ।

टिप्पणीहरू